लुम्बिनी प्रदेश सरकार
भौतिक विकास मन्त्रालय
सडक पूर्वाधार निर्देशनालय
सडक पूर्वाधार विकास कार्यालय
बर्दिया
प्रदेश सरकार, लुम्बिनी प्रदेशको २०७६ सालको निर्णय बमोजिम मिति २०७६ साल माघ ०१ गते बर्दिया जिल्लामा विधिवत रुपमा "सडक पूर्वाधार विकास कार्यालय" स्थापना भई संचालनमा आएको हो ।
यस बर्दिया जिल्ला भित्र रहेका लुम्बिनी प्रदेश सरकार भौतिक पूर्वाधार बिकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालयको नीति र निर्देशन बमोजिम प्रादेशिक सडक, सडक पूल तथा झोलुङ्गे पूलहरुको निर्माण तथा मर्मत गर्नु यस कार्यालयको मुख्य दायित्व रहेको छ ।
यस कार्यालयले स्वीकृत वार्षिक कार्यक्रमअनुसार विभिन्न सडक र पुलको प्रतिस्पर्धात्मक खुला बोलपत्र आह्वान गरी सडक , सडकपुल तथा झोलुङ्गे पूलको निर्माण कार्य नियमित रुपमा हरेक आर्थिक बर्षका कार्यक्रमहरु अगाडी बढाई रहेको व्यहोरा सर्बबितितै छ । लागतप्रभावी योजना र गुणस्तरीय काममा यस कार्यालयको मुख्य ध्यान रही आएको छ ।